नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, August 2, 2025

डम्बर थामीको नयाँ गीत सार्वजनिक

 



डम्बर बहादुर थामीको शब्द, हेमन्त रुम्बा निश्चलको स्वर, सुशिल सिं ठकुरीको संगीत र किरण कँडेलको एरेन्ज रहेको गीत सार्वजनिक गरिएको छ । थामीले झण्डै १८ वर्षअघि लेखिएको उक्त गीत प्रज्ञा साउण्ड अनामनगर काठमाडौले रेकर्डिङ गरी अनेकोट स्मृति सांस्कृतिक परिवार ताम्सालिङ राज्य समितिले बाहिर ल्याएको हो । 

राष्ट्र र राष्ट्रियतालाई समेटिएर कोरिएको गीत थामीले आफ्नै फेसबुक आईडीबाट सार्वजनिक गरिएका हुन् । कालिका माध्यमिक विद्यालय सुन्द्रावतीका विज्ञान शिक्षक समेत रहेका थामी गीत संगीत र साहित्यमा विशेष रुची राख्दछन् । यस गीतमा सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि अहिलेका नेतृत्व पंक्तिलाई घचघचाएको बुझिन्छ । 

उनको गीतमा राजनैतिक नेतृत्वको इच्छा शक्ति भए अझै सम्भव छ भन्ने भाव पनि उल्लेख गरिएको छ । साथै सगरमाथाको देशबाट समृद्ध नेपालको झन्डा विश्व मानचित्रमा फैलनेछ । गुराँसको सुन्दर रङ झैं बस्तिहरुका भुँई मान्छेहरु पनि समृद्ध हुनेछन् । गरिवका झुपडीदेखि समस्त नेपालीहरुका मनमनमा बसन्तको पालुवाले झै सुखानुभुति गर्नेछन् । सगरमाथा विश्वभरी नै चम्किनेछ । शोषण अन्याय र असमानताका अँधेरीहरु पनि स्वर्णिम प्रभातमा परिणत हुनेछन् । नवजात शिशु जन्मिदा खुसी हुने प्रशव पीडा भोगेकी आमा झैं स्वर्गीय आनन्दमा मेची र महाकालीहरु सदा हाक कसिरहने छन् भन्ने कुरा उनको गीतको भाव रहेको छ ।  

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र