नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Sunday, August 17, 2025

थामी भाषाको पाठ्यपुस्तक (कक्षा-३)


भाषा आयोगको प्राविधिक सहयोग, नेपाल थामी समाज, केन्द्रीय समितिको संयोजनमा दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाले थामी भाषाको कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । शैक्षिक सत्र २०८२/८३ पाठ्पुस्तक स्थानीय पाठ्यक्रम अन्तर्गत पठनपाठन कार्य समेत सुरु भइसकेको छ । उक्त पाठ्यपुस्तक कालिन्चोक गाउँपालिकाले तयार गरेको कक्षा १-८ सम्मको स्थानीय पाठ्यक्रममा आधारित रहेको छ । उक्त पाठ्यपुस्तक हिलेपानी संस्कृत माविका शिक्षक डम्बर बहादुर थामी 'बिगुल' ले लेख्नुभएको हो । प्राविधिक सहयोग भाषा आयोगले गरेको हो । प्राज्ञिक व्यक्तित्वहरु डा. तारामणी राई र बागमती प्रदेशका लोकसेवा आयोग सदस्य एवं पूर्व शिक्षक रामबहादुर खड्काले प्राज्ञिक परामर्श दिनुभएको हो । नेपाल थामी समाजका वर्तमान एवं तत्कालिन विभिन्न भूमिकामा रहनुभएका प्राज्ञिक एवं बौद्धिक महानुभावहरुको समेत सल्लाह सुझाबले पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग भएको छ । थामी भाषाको संरक्षण, सम्वर्धन र पुस्तान्तरणमा उक्त पाठ्यपुस्तकले सहयोग गर्ने अपेक्षा गरिएको छ । 

पाठ्यपुस्तक पढ्नुहोस् र डाउनलोड गर्नुहोस्ः-



No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र