नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, August 2, 2025

‘आँशु झार्दिन’ म्युजिक भिडियो सार्वजनिक

 



काठमाडौँ- सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ नामक आधुनिक गीतको म्युनिक भिडियो सार्वजनिक गरिएको छ ।


आधार महिला समाज नेपालले आज यहाँ आयोजना गरेको ‘म्युजिक भिडियो सार्वजनिक’ कार्यक्रममा नेतृ जयपुरी घर्तीले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतमा सहिद शर्माकी धर्मपत्नी भगवती प्रधानको शब्द सङ्कलन रहेको छ, भने गायिका निर्मला घिसिङले स्वर दिएकी हुन् ।

रमण थामीले सङ्गित संयोजन गरेको सो गीतको म्युजिक भिडियोमा कलाकार मिराज विक्रम सिंह, मान्सी शर्मा, टीका बाँस्तोला, गणेश जिसी, मानव चौधरी, सुनिल विश्वकर्मा, कविता पुन मगर, प्रस्तुति परियार, सन्ध्या मगर, सरोज राई, निशा खडका र राधिका साउदले अभिनय गरेका छन् ।

गीतकार प्रधानले भने, “समग्र गीतले जनयुद्धप्रति सम्मान गर्दै जनयुद्धमा सहभागी भई दिएको बलिदान र प्रतिनिधित्वसहित सहिद हुनुभएका सम्पूर्ण सहिदप्रति सम्मान गरेको छ ।”

उक्त गीत रमण थामीको अफिसियल युटुब च्यानलमा राखिएको छ । लिङ्क

भिडियो लिङ्क

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र