नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Monday, May 10, 2021

कविताः प्यारो दोलखा

 

 

        प्यारो  दोलखा

                                                         डम्बर ब‍हादुर थामी

माथ छ गौरीशंकरको ,काखमा तामाकोशी ।

सक्दैन लान कसैले ,यो मनवाट खोसी ।।

डाँफे र मुनाल चरीहरु, नाच्छन् है मृग कस्तुरी ।

मझेरी मै बोलाउँछ पाहुना, आउनु है भनी सुस्तरी ।।

 

उत्तरमा हिमालै हिमालको, क्या राम्रो दन्त लहर।

निल गगन झै वनकुञ्ज ,पल्वित वसन्त वहर।।

जिरीको चिज क्या राम्रो, भेडी र चौंरी हेरौंला।

हिमाली सिरेटो वताससँगै, माया र पिरतिले वेरौंला।।

 

अश्रुले जीवन धुनेहरु, नयनमा जलन हुनेहरु ।

मुस्कान साट्न आउनुहै सँधै, प्रताडित भई ज्युनेहरु।।

शैलुङ चेर्दुङ हनुमन्ते ,दोलखा भिमसेन कालिञ्चोक।

स्वच्छ मनले प्रार्थना गरे, मागेको दिन्छ सबैथोक।।

 

पियर पियुस माटोको, पद टेक्दै यो वाटोको।

बढि रहौं प्रगतिपथ, खाएर कसम माटोको।।

पाउँदिन कुनै सुन्दर चिज ,एक दुई भनेर गन्दा।

म जन्मेको जन्मभूमि, प्यारो छ स्वर्ग भन्दा।।

म जन्मेकाे दोलखा प्याराे छ स्वर्ग भन्दा ।।।

 

           समाप्त

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र