डम्बर बहादुर थामी
( युवा विश्लेषक)
आरम्भः
( युवा विश्लेषक)
आरम्भः
थामी जाति लोपउन्मुख अवस्थामा रहेको अतिसिमान्तकृत समुदाय हो । आफ्नो जातिय अस्तित्व र पहिचान भएर पनि अस्तित्व संकटको अवस्थामा गुज्रिन विवस थामी जाति नेपालको करिव सम्पुर्ण जिल्लामा रहेको अनुमान गरिन्छ । दोलखा,सिन्धुपाल्चोक,रामेछाप,सिन्धुली,झापा लगायत केही जिल्लामा वाक्लोवस्तिमा रहेका थामी जाति परिवर्तन र आन्दोलनको संग्राममा सदा प्रथम भए अपीतु आज उनिहरुको स्थान भने अत्यन्त नाजुक छ । पञ्चायति शासन विरुद्ध पीस्कर हत्याकाण्डमा इले थामी र वीर वहादुर थामीले देखाएको बीरतको इतिहास , ०४६ सालको आन्दोलनमा प्रजातन्त्र प्राप्तिको लागि थामी समुदायले गरेको योगदान साथै ०५२ सालदेखि सञ्चालित आमुल परिवर्तनको रणसंग्राममा सैयौं शाहसी थामी योद्धाहरुले लेखेको वीरताको गाथा थामी आन्दोलनमा विशेष स्मरणीय छ । यसरी आन्दोलन र परिवर्तनको संग्रममा अव्वल देखीए पनि आज उनिहरुको आर्थिक , भाैतिक , सामाजिक र राजनैतिक अवस्था अत्यन्त दयनिय छ । यसको कारण के हो ? प्रश्न गम्भिर छ । तसर्थ यस लेखमा थामी जातिय उत्थानमा रहेका विशेष समस्याहरुको पहिचान गरि तिनीहरुको समाधानको विषय वस्तुलाई अध्ययन गर्न खोजिएको छ । भनिन्छ , समस्याको वास्तविक पहिचान नै त्यसको आधा समाधान हो । तसर्थ थामी जातिय उत्थानका समस्याहरु निम्न दुइ भागमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।
(१) आन्तरिक पक्षः
वस्तुको विकास र विनासमा त्यसको आन्तरिक पक्ष प्रधान हुन्छ । साथै वस्तुभित्र रहेको अन्तरविरोधहरुको सहि समाधान नै वस्तुको विकास हो । यि विषय नै वस्तु विकासमा द्धन्दवादको आधारभूत पक्ष हो । ठिक यसैकारण हामीले थामी जातिको उत्थानको प्रश्नमा पनि थामी जातिभित्रको आन्तरीक पक्षलाई ठिकसँग केलाउन जरुरी छ । हामी भित्रको कमजोरी पक्षलाई ठिकसँग केलाउन सक्यौं भने मात्र त्यसको उचित समाधान संभव छ र प्रगति पथमा द्रुततर वढ्न सकिन्छ । तसर्थ थामी जातिको प्रगतिको वाधकका रुपमा हामीभित्रका विविध आन्तरिक पक्षको सहि मुल्याङ्कन र समाधान आजको आवश्यक्ता हो । यदि हामीले आजको एक्काइशौं शताव्दीमा पनि हाम्रा आन्तरिक पक्षको सहि मुल्याङ्ककन नगरी दोष अरुलाई थोपर्दै गयौं भने अधिभूतवादको गहिरो खाडलमा जाकिने शिवाय अन्य उपलव्धी नहुन सक्छ । त्यसैले यस आन्तरीक पक्ष अन्तरगत निम्न समस्याहरुको वारेमा चर्चा गर्न उपयुक्त ठान्दछु ।
क) जातिगत स्वभाव र पृष्ठभूमिः-
आन्तरीक पक्ष अन्तरगत हामी थामी जातिको विकासको वाधक हाम्रो जातिय स्वभाव र पृष्ठभूमि हो । हामी इतिहासमा नै असाध्यै इमान्दार र सोझा जातिको रुपमा परिचित भइरहेका छौं । इमान्दार हुनु त मानविय सद्गुण नै हो तथापि हाम्रो इमान्दारीपनाको फाइदा यस देशका शासकहरुले लिइरहेका छन् । त्यसैले हदभन्दा वढि इमान्दारीपनालाई तिरस्कृत गर्दै ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने माक्र्सवादकाृे आत्मालाई आत्मसाथ गर्न जरुरी छ । त्यसैगरी हाम्रो जातिय पृष्ठभूमि पनि हाम्रो विकासको वाधक हो । सामाजिक , साँस्कृतिक , र आर्थिक धरातल अत्यन्त कमजोर र अत्यन्त दमित मानसिकतावाट ग्रसि भएकाले पनि हामी पछि परिरहेका छौं ।
ख) गरिवि,अशिक्षा र चेतनाको कमि ः-
नेपाल तस्रो विश्वमा पर्ने अत्यन्त गरिव मुलुक हो । नेपालको प्रमुख समस्या नै गरिवी हो । त्यसमा पनि थामी समुदाय गरिवीको पहिलो शिकार वनेको छ । हामी थामी समुदायमा वाँच्नको लागि छ महिना खान पुग्ने खेतवारी छैन् । रातदिन मेहनत र परिश्रम गरेर साहुको हलि गोठालो , भरिया ,नोकर र ज्यामी बनेर हाम्रो एक पेट खान र एक आङ लाउन मुुस्कील परिरहेको छ । आफ्नो जीवन निर्वाह गर्नको लागि अरबको खाडी देखि लिएर भारतको कैयौं स्थानमा कुल्ली काम गर्न मात्र हैन चैत्र महिनाको टट्यानपूर घाममा सुत्केरी महिलाले एकातिर ढुङ्गाको भारि र अर्कातिर वच्चा वोकेर पैसा कमाउनको लागि पसिना चुहाएको दृश्य देख्दा मानविय मुटु छियाछिया भएर आउछ । अतः यी हाम्रो गरिवीको समस्या समाधान गर्न हामी सीप युक्त र दक्ष वनि आयआर्जनमुखी क्रियाकलापमा लाग्नु हाम्रो अनिवार्य आवश्यक्ता वनेको छ ।
हामी गरिवीवाट त पीसीएका छौं नै त्यसकासाथै अशिक्षा र चेतनाको कमिका कारण पछि परिरहेका छौं । गरिवीको वास्तविक प्रतिविम्व हाम्रो जीवनस्तरका साथै हाम्रो शैक्षिक अवस्थामा पनि प्रतिविम्वित वनेको छ । जसको कारण सैयौं वालवालिकाहरु शिक्षाको उज्यालो घामवाट वञ्चित हुनुपरेको छ । गरिवीको प्रचण्ड आभाले सेकिएर सैयौं वालवालिकाहरुले विचैमा विद्यालय छाड्नुपर्ने विवसता पनि यथावत छ । तसर्थ आजको थामी समुदायको चुनौती गरिवीको विषम आधि र हुरीमा पनि सतिसाल झैं वनेर शिक्षा प्राप्तिको अभियानमा अविराम रुपमा लागिरहनु हो ।
ग ) अन्धपरम्परा,कुरीति र कुसँस्कृतिको आत्मसातिकरणः-
विशेषतः थामी जातिमा रहेको विविध आन्तरीक समस्याहरुको वारेमा चर्चा परिचर्चा गर्दा अन्धपरम्परा , कुरीति र कुसँस्कृतिको आत्मसातिकरण पनि प्रधान समस्या हो । हामीभित्र आजको एक्काइशौं शताब्दीसम्म पनि धामी , झाक्री, वोक्सी र झारफुक जस्ता अन्धविस्वासहरु कायमै छन् । यसका साथै थामी जातिमा देखिएको विवाह सँस्कृतिकोे धद्दापन जसले विवाह गर्नेलाई वोकाएको अनावश्यक रिनको वोझ पनि दुगतिको कारक हो । सँस्कृति संरक्षणको नाउमा आफ्नो जीवनभरि नै तिर्न नसक्नेगरि चुर्लुम्म रिनमा डुवेको हामीले हाम्रै आँखाले देखेका छौं जुन देखासिकीको परिणाम पनि हो । तसर्थ हामी यस्तो अन्धपरम्परालाई निरुत्साहित गर्न लागेनौं भने हाम्रो दुर्गति अवश्यंभावी छ । यसका साथै हामी थामी समुदायको विकासको अर्को वाधक तत्व हाम्रो जाँड सँस्कृति हो । अनावश्यक रुपमा हामीले पसिनाको थोपा चुहाएर कमाएको पैसा रातभरिको जाँड रक्सी जुवा तासमा डुवाउन पछि पर्दैनौं । तसर्थ हामीले यस्तो व्यवहारको तुरुन्त नियन्त्रण ग¥यौं भने हाम्रो विकास निश्चित छ । त्यसपछि हामी सामाजिक,आर्थिक,राजनैतिक रुपमा सक्षम वनेर सुखी र समृद्धशाली जीवन निर्वाह गर्न सक्छौं ।

(२) वाह्य पक्षः
माथि विकासमा देखिएका आन्तरीक पक्षको समस्या र समाधानको विषयमा चर्चा गरियो । अव हामी वाह्य पक्षको वारेमा चर्चा गरौं । वाह्य पक्ष भन्नाले विशेषत थामी समुदायको विकासमा थामी समुदाय भन्दा वहिरी पक्षको भूमिकामा देखिएको कमिकमजोरीलाई वुझ्नुपर्छ । वस्तुको विकासमा वाह्य पक्षको भूमिका पनि महत्वपूर्ण र निर्णायक हुने गर्छ । जसरी एउटा अण्डावाट एउटा स्वस्थ र परिपक्व चल्ला निकाल्न उचित तापक्रमको आवश्यक्ता पर्छ ठिक त्यसैगरि वस्तुको विकासमा वाह्य पक्षको भूमिका अद्धितिय हुने गर्छ । मतलवः थामी जातिको विकासमा वाह्य पक्षको कमिकमजोरी पनि निम्नानुसार अध्ययन गर्न सकिन्छ ।
क) राज्य र राज्य संचालकहरुको पक्षपातपूर्ण व्यावहारः
सम्पुर्ण जात,भाषा,पेशा र लिङ्गको साझा फूलवारी राज्य हो । यि सम्पूर्ण पक्षको विकासमा राज्यको समान उत्तरदायित्व र जिम्मेवारी हुनुपर्छ । परन्तु यसको सट्टामा १०४ बर्षिय राणाशाषन र दुई सय अट्तीस वर्षे शाहकालिन शाषन प्रणालीले बहु जाति ,वहुभाषा , वहुसँस्कृति र वहुधर्मको स्थानमा एकल जाति , एकल भाषा, र एकल धर्मले प्रभुत्व जमायो । एक जाति , एक धर्म र एक सँस्कृतिले बहु जाति, वहुभाषा र बहुसँस्कृतिलाई शोषणको जाँतोमा पिसिरह्यो । यही शोषणको गहीरो महसुुस थामी समुदायले पनि ग¥यो । राज्यको विभेदकारी नीतिका कारण राज्यको कुनै अङ्ग र निकायमा प्रतिनिधित्व भएन । अवसरहरुलाई प्रदान गर्ने क्रममा राज्यले थामी समुदायमा सौतेनी व्यवहार प्रदर्शन ग¥यो । फलतः आज थामी समुदाय विकासको मुलधारवाट पछि परिरहेको छ । समता , समानता र सामाजिक न्यायको प्रश्न आज सम्म ओझेलमा नै परिरहेको छ । तसर्थ थामी समुदायले आजको सामाजिक,साँस्कृतिक र आर्थिक पछौटेपनाको शिकार हुनु परेको छ । त्यसैले आज राज्यको हरेक निकायमा समावेशी र समानुपातिक सहभागिता अनिवार्य वनेको छ । राज्यले थामी समुदायको पहिचान र परिचय संरक्षणको लागि विशेष जोड दिएर लाग्न जरुरी छ । त्यसको लागि सम्पूर्ण थामी समुदाय एकताबद्ध भई जुझारु संघर्ष आजाको खाचो वनेको छ ।
ख ) जातिय संघसस्थाहरुको प्रभावहीन कार्यक्रमः
नेपालमा जातिय उत्थानका लागि सैयौं संघ सस्थाहरु खोलिएका छन् । कतिपय सस्थाहरुले प्रभाबकारी काम गरिरहेका छन् भने धेरै जसो संघसस्थाहरु सामाजिक उत्थान र प्रगतिको नाममा व्यक्तिको उत्थान र प्रगतिमा लागेका छन् । ठिक त्यसैगरि थामी समुदायको उत्थान प्रगति र विकासको नाममा नेपालमा करोडौं डलर भित्रिएको छ । ति रकम निश्चित लक्षित वर्गमा नपुगि केही व्यक्तिहरुले आफ्नो व्यक्तित्व विकास र स्वार्थ पूर्तिमा लगाएका छन् । गरिब थामीहरुको तस्विरहरु कतिपय मानिमसहरुको कमाइखाने भाडो वनेको छ । यसरी हेर्दा थामी भित्रै कतै थामीका चुसाहाहरु त जन्मिएका छैनन् ? प्रश्न गम्भिर छ । यदि जन्मिएका छन् भने तिनीहरुको पहिचान जरुरी छ । काठ्मान्डौंको तारे होटलमा दुई चार वटा अन्तरक्रिया र गोष्टि सञ्चालन गरेर लाखौं रकम खल्तीमा कुम्ल्याउने जातिय संघ सँस्थाका सञ्चालकहरुले वास्तविक लक्षित वर्गमा पुगेर कार्यक्रम सञ्चालन गरे गरिव थामी समुदायले कति राहात महसुुस ग¥थ्र्यो होला ? दिमाग चिसो पारेर सोच्न जरुरी छ । तव मात्र थामी समुदायको वास्तविक उत्थान संभव छ ।
ग) राजनैतिक दल र यसका गतिविधिहरुः
देश सञ्चालनको मुख्य नीति राजनीति हो । देशलाईतिव्रतर विकासको गतिमा अघि वढाउन र परिवर्तनको क्षेत्रमा कायापलट गर्न राजनीतिको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । त्यसको लागि राजनैतिक स्थिरता र स्थाइत्व अनिवार्य हुन्छ । त्यसैगरि देशलाई व्यवस्थित तरिकाले अगाडी वढाउनको लागि राजनैतिक दल र यसका गतिविधिहरु पूर्ण रुपमा जिम्मेवार हुन्छन् । अपितु आजको नेपालमा यो दृश्यावलोकन गर्न कठिन छ ।
थामी जातिको विकासमा पनि राजनैतिक दल र तिनका गतिविधिहरुको निर्णायक भूमिका हुने गर्छ । हरेक परिवर्तनकारी आन्दोलन र थामी समुुुुुुदाय पर्याय जस्तै वनेको छ । क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई सफल वनाउन थामी समुदायले अभुतपूर्व त्याग ,तपस्या र वलिदानको कीर्तिस्तम्भकायम गरेका छन् । हरेक क्रान्तिकोे पक्षमा थामी समुदाय अग्रसर रहे पनि ऊ आफुमा चाँही क्रान्ति गरेको छैन् । हरेक राजनैतिक दलले थामी समुदायलाई स्वार्थपूर्तिको साधन वाहेक केही गर्न सकेनन् । नेपालका राजनैतिक दलमा न त थामी समुदायको उचित प्रतिनिधित्व छ न त कार्यक्रम नै ठोस र मुर्त किसीमको छ । हरेक निर्वाचनमा माथि उक्लिने भ¥याङ वन्नु वाहेक समुदायको स्थिति फेरिएको छैन । देशकै ठूलो पार्टी तत्कालिन ए.ने.क.पा.माओवादीले त इतिहास मै एकजना समानुपातिक तर्फवाट संविधान सभामा प्रतिनिधित्व गराएर राम्रो कामको सुरुवात त ग¥यो तथापि हिजोको थामी राज्य,थामी स्वायत्तता र आत्मनिर्णयको अधिकारको आश्वासन विस्तारै हराउदै गएको छ । अन्य राजनैतिक दलको त झन के कुरा थामी समुदायलाई उपयोगको साधन वनाउन वाहेक न त संविधान सभामा नै प्रतिनिधित्व गराए न त आफ्नै पार्टीको माथिल्ला कमीटीहरुमा स्थान दिइयो । देशका प्रमुख दलहरुसँग न त थामी समुदायको विकासको निश्चित योजना छ न त विचार नै छ । थामी राज्य, थामी स्वायत्तता र आत्मनिर्णयको अधिकार त यिनिहरुलाई राती सपनामा तर्साउने भुत वनेको छ । त्यसैले यस देशका जिम्मेवार राजनैतिक दलहरु थामी समुदायको विकासमा गम्भिर हुन जरुरी छ ।
सारतः थामी समुदायका समुदायको प्रिय वस्तु राजनैतिक दल भए पनि आफ्नो आत्मीयताको सहानुभुति थामी समुदायले कदापी गर्न पाएको छैन् । तसर्थ थामी समुदायको वास्तविक विकासको लागि राजनैतिक पार्टीहरुमा उचित प्रतिनिधित्व र थामी जातिको विकास र उत्थानको वास्तविक कार्ययोजना आजको ज्वलन्त आवश्यक्ता हो ।

निष्कर्षः
अन्ततः यि यस्तै कारणहरुले गर्दा थामी समुदाय लोपउन्मुख अवस्थामा पुगेको हो । यि समस्याहरुको वास्तविक रुपले गरिएको समाधानले मात्र थामी जातिको उत्थान र प्रगति संभव छ । विशेषतः आफ्नो उत्थानको लागि आफू जुर्मुराएर अग्रसर हुन जरुरी छ । राज्यले पनि थामी समुदायको उत्थानमा विशेष योगदान दिन जरुरी छ । तसर्थ सवै मिलि हाम्रो जातिय साँस्कृतिक,राजनैतिक,सामाजिक र आर्थिक पुनरुत्थानमा लागौं । हाम्रो भविष्य उज्वल छ ।
धन्यवाद ।
No comments:
Post a Comment