
प्रारम्भीक ब्याट्सवुमन बेथ मुनिले नटआउट रहेर ७८ रन बनाइन् । उनले पहिलो विकेटका लागि एल्सा हेलीसँग १ सय १५ रनको साझेदारी गरिन्। हेलीले ७५ रनको योगदान दिइन् । जवाफमा भारतले सबै विकेट गुमाएर १९।१ ओभरमा ९९ रन मात्र बनाउन सक्यो ।
भारतका लागि दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाइन्। भारलते नियमित अन्तरले विकेट गुमाएपछि ८६ हजार भन्दा बढी दर्शक अगाडि कमजोर प्रदर्शन गरेको थियो । अस्ट्रेलियाले वुमेन्स ट्वान्टी-२० विश्वकप जितेको यो कीर्तिमान पाँचौं पल्ट हो। यसअघि उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि जितेको थियो ।
No comments:
Post a Comment