मन्त्रालयले सोमबार आयोजना गरेको नियमित  मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय  पुरुषमा कोरोना संक्रमण देखिएको बताए । वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा  शिक्षण अस्पतालमा उपचाररत उनको मृत्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको  थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या लिएर मृत्यु भएको ८  दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कारसमेत गरिसकिएको  छ । यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृतकमा कोरोना पुष्टि भएको थियो ।
 

No comments:
Post a Comment